ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि वितरण गर्दै ललितपुर महानगरको २३ नं.वडा कार्यालय

आइतबार, असोज २१, २०८०

ललितपुर । ललितपुर महानगरपालिका वडा नं. २३ ले आफ्नो वडाभित्र स्थायी रुपमा बसोबास गर्ने वडावासीलाई निःशुल्क औषधि वितरण गर्ने योजना कार्यान्वयनमा ल्याउन लागेको छ ।  वडा भित्र बसोबास गरी ६८ वर्ष पूरा भएका ज्येष्ठ नागरिकलाई चिकित्सकको सल्लाहमा उनीहरूले दैनिक खाँदै आएको औषधि निःशुल्क रुपमा वितरण गर्न लागेको हो । 
वडा भित्र बसोबास गर्ने ६८ वर्ष उमेर पूरा भएका ज्येष्ठ नागरिकलाई चिकित्सकको प्रस्क्रिप्सनका आधारमा सुगर र प्रेसरको औषधि निःशुल्क वितरण गर्न लागिएको वडाअध्यक्ष जीवन महर्जनले शब्दपाटीलाई जानकारी दिनुभयो । 
 निःशुल्क औषधि वितरणका लागि वडा कार्यालयले विवरणहरू संकलन गरिरहेको छ । 

Jeevan1693746660.jpg
पछिल्लो पटक गत शुक्रबार वडावासीलाई निःशुल्क औषधि प्राप्त गर्न नागरिकताको प्रतिलिपि, बसाई सराई गरी आएकाको हकमा बसाईसराईको प्रमाणपत्र तथा दैनिक औषधिका लागि चिकित्सकले दिएको पूर्जीसहित यहि असोज २५ गतेसम्म सम्पर्क गर्न वडा कार्यालयले सूचना जारी गरेको छ । यसअघि पनि वडा कार्यालयले ज्येष्ठ नागरिकलाई निःशुल्क औषधि उपलव्ध गराउने भन्दै सूचना जारी गरेको थियो । महानगरपालिका वडा नं २३ कार्यालयले आव २०८०–८१ को स्वास्थ्य तथा पोषण उपक्षेत्र अन्तर्गत ज्येष्ठ नागरिकको स्वास्थ्य चेक जाँच तथा औषधि वितरण कार्यक्रम अन्तर्गत वडा भित्र स्थायी बसोबास भएका ६८ वर्ष उमेर पूरा गरेका ज्येष्ठ नागरिकलाई औषधि वितरण गर्ने योजना बनाएको छ । 
बृद्धभत्ता लिने वडावासी धेरै भए पनि सोही अनुपातमा निःशुल्क औषधिका लागि नामावली टिपाउन नआएकाले सबै ज्येष्ठ नागरिक यो सेवाबाट लाभ लिन सकुन भन्ने उद्देश्य अनुरुप वडा कार्यालयले म्याद थपेर पुनः सूचना जारी गरेको हो । 

23 wada 1696783280.jpeg

प्रकाशित मिति: आइतबार, असोज २१, २०८०  २२:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार