कलेजो प्रत्यारोपण गरी पुर्नजीवन दिएको भन्दै शंकरापुर नगरपालिकाद्वारा किस्ट मेडिकल कलेजलाई सम्मान

शुक्रबार, असोज १९, २०८०

काठमाडौं । शंकरापुर नगरपालिका साँखुले आफ्नो नगरका बासिन्दा कृष्णगोपाल प्रजापतिलाई कलेजो प्रत्यारोपण गरी पुर्नजीवन दिएको भन्दै ललितपुरको ग्वार्काेस्थित किस्ट मेडिकल कलेज शिक्षण अस्पताल र सो मेडिकल कलेजका विशेषज्ञ चिकित्सकलाई विशेष सम्मान गरेको छ । 
नगरपालिकाले साँखुमा किस्ट मेडिकल कलेजको प्राविधिक सहयोगमा सालीनदी साँखुमा आयोजित अंग प्रत्यारोपण (मिर्गौला तथा कलेजो) बारे एकदिने अभिमुखीकरण कार्यक्रमको अवसरमा नगरपालिकाले किस्ट मेडिकल कलेजलाई सम्मान गरिएको थियो । 

kist1696610635.jpg
किस्ट अस्पतालले अस्पतालको कलेजो प्रत्यरोपणको इतिहासमै पहिलोपल्ट साँखुका कृष्णगोपाल प्रजापतिको सफल कलेजो प्रत्यारोपण गरेको थियो । 
सो नगरपालिकाका प्रमुख रमेश नापित र उपप्रमुख समिता श्रेष्ठले नगरपालिकाको तर्फबाट किस्ट मेडिकल कलेजलाई प्रदान गरिएको सम्मान मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत अमिश पाठकले ग्रहण गरेका थिए ।
किस्ट मेडिकल कलेजमा शंखरापुर नगरपालिका वडा नं ६ इँपा टोल, साँखुका ५० वर्षिय कृष्णगोपाल प्रजापतिलाई उनकै श्रीमती ४८ वर्षिया लक्ष्मी श्रेष्ठ प्रजापतिले आफ्नो कलेजोको ५७ प्रतिशत भाग काटेर पुर्नजीवन दिएकी थिइन् । 

liver transplant1696610626.jpg
भारतको नयाँदिल्लीस्थित इन्द्रप्रस्थ एपोलो अस्पतालका कलेजो प्रत्यारोपण विशेषज्ञ टोलीसँगको सहकार्यमा किस्ट मेडिकल कलेजका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको जम्बो टोलीले २०८० साल बैशाख १२ गते १५ घण्टा लगाएर कृष्णगोपाललाई सफल कलेजो प्रत्यारोपण गरेको थियो ।  
शुक्रबार साँखुमा आयोजित अंग प्रत्यारोपण (मिर्गौला तथा कलेजो) बारेको अभिमुखीकरण कार्यक्रममा किस्ट अस्पतालका वरिष्ठ कलेजो प्रत्यारोपण विशेषज्ञ प्रा.डा.मुकुन्दराज जोशीले किस्ट मेडिकल कलेजमा कलेजो प्रत्यारोपणको सुविधाबारे तथा वरिष्ठ मिर्गाैला प्रत्यारोपण विशेषज्ञद्वय डा.सन्तोष क्षेत्री र डा.नारायण भुषालले मिर्गाैला प्रत्यरोपणका विविध विषयमा जानकारी गराएका थिए भने अधिवक्ता निम क्षेत्रीले अंग प्रत्यरोपणमा कानुनी पक्षबारे बताएका थिए । 

kist 31696610624.jpg
नगरप्रमुख नापित तथा उपप्रमुख श्रेष्ठले किस्ट मेडिकल कलेज र त्यहाँका चिकित्सक र स्वास्थयकर्मी सबैलाई धन्यवाद दिएका थिए । 

प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  २२:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार