महालक्ष्मी नगरपालिकाद्धारा महिलालाई तीन महिने ढाका बुनाई तालिम (भिडियो)

बुधबार, असोज १७, २०८०

लुभु (ललितपुर) । महालक्ष्मी नगरपालिकाले ७ नं. वडा कार्यालयल चाङगाथलीमा तीन महिने ढाका बुनाई तालिम सुरु गरेको छ । नगरपालिकाले नेपाल प्राकृतिक तथा मानव स्रोत विकास संघ ९नहुँदा० सँगको सहकार्यका उक्त तालित सुरु गरेको हो । 
तालिमका लागि छनोट भएको प्रशिक्षार्थीहरूलाई बुधबार अभिमुखिकरण गराइएको छ । 
अभिमुखीकरण कार्यक्रममा नगर उपप्रमुख लक्ष्मी महर्जनले राजनीतिमा आउनु भन्दा अघिसम्म आफ्नो परिचय उद्यमी महिला रहेको अवगत गराउँदै ढाका बुनाई तालिकका लागि छनोट भएका महिला दिदी बहिनीलाई पनि आफ्नो पहिचान उद्यमी महिलाको रुपमा विकास गर्न प्रेरित गर्नुभयो । 
आफू मात्र सक्षम होइन नगरपालिका भित्रका सबै महिला संक्षम हुनुपर्छ भन्ने उद्देश्यले आफूले काम गरिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘महिला बालबालिकासँग उपप्रमुख’ कार्यक्रम’ सोही उद्देश्यले सुरु गरिएको हो ।’
नगर उपप्रमुख महर्जनले नगरपालिकाले तालिममा सहभागी महिलाई उद्यमी बनाउन २ लाख बिऊ पूँजीको पनि व्यवस्था गरेको जानकारी दिनुभयो । 
तालिमकी प्रशिक्षक एवम् ढाका व्यवसायी कृष्णकुमारी पौडेलले तालिममा सहभागी प्रशिक्षाार्थीहरूलाई भविष्यका ढाका उद्यमी हुने अपेक्षा राखेर तालिममा सहभागी हुन आह्वान गर्नुभयो । 
अभिमूखिकरण कार्यक्रमकी सञ्चालिका सिर्जना घिमिरेले तालिममा सहभागीहरूको स्किल टेष्ट लिएपछि मात्रै प्रमाणपत्र प्रदान गरिने जानकारी दिनुभयो । 
कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी कार्यपालिका सदस्य पूर्णमाया श्रेष्ठ, कार्यवाहक वडाअध्यक्ष विकेन्द्र बानियाँ, वडा सदस्य विराट सिलवाल नहुँदाकी कार्यक्रम संयोजक राधा ज्ञवालीको उपस्थिति रहेको थियो ।  
१७ जना प्रशिक्षार्थीले ३ महिनासम्म ढाका बुनाइको तालिम लिइसकेपछि सिटिइभिटीबाट स्किल टेस्ट लिइ प्रमाणपत्र वितरण गर्ने तयारी नगरपालिकाको छ । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  २२:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार