केएमसी अस्पतालका डाक्टर दोस्रो दिन पनि आन्दोलनमा, कानुन हातमा नलिन चेतावनी 

सोमबार, असोज १५, २०८०

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजका चिकित्सकहरु  सहकर्मीमाथि  हातपात भएको विरोधमा दोस्रो दिन पनि काम छोडेर प्रर्दशनमा उत्रिएका छन् । 
इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आज दोस्रो दिनन पनि उनीहरुले अस्पताल अगाडिको सडकमा धर्ना दिइरहेका छन् । 
आन्दोलनमा सहभागि डाक्टर कमलराज शाहले सहमतिको मसी नसेलाउँदै यस्तो घटना दोहोरिनु कानूनमाथि जनताको विश्वास उठ्नु भएको दाबी गरे । 
उनले भने, ‘ यो घटनामा संलग्न दोषिलाई सजाय दिनको लागि हामीले आफ्नो आफ्नो स्थानबाट माग गर्नुपर्छ । अस्ति भर्खर सहमती भएको ऐन जुन छ यसलाई पनि अझ प्रचार गर्न आवश्यक भएको देखिएको छ ।’ 
यस्तै, अर्का डाक्टर अंकित आचार्यले यसरी नियम कानून कसैले पनि आफ्नो हातमा लिन नमिल्ने भन्दै यसप्रति सबैको ध्यानाकर्षण हुनुपर्ने बताए । 
उनले भने, ‘यो घटना दर्ता गर्न मानिरहेको थिएन् हामीले हिजो रातीको ११ बजेसम्म यहाँ बसेर गृहमन्त्रीको फोन आएपछि बल्ल घटना दर्ता गर्नुभयो । यस्तो हुनु भएन नियम कानून कसैले पनि आफ्नो हातमा लिन मिल्दैँन् ।’ 
डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 


 

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार