सहकर्मी कुटिएको विरोधमा केएमसी अस्पतालका डाक्टर काम बन्द गरेर प्रर्दशनमा (भिडियो)

आइतबार, असोज १४, २०८०

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा सहकर्मीमाथि हातपात भएको विरोधमा त्यहाँका चिकित्सकले विरोध प्रर्दशन गरेका छन् । इन्टर्न डाक्टरमाथि हातपात भएको भन्दै उनीहरुले काम बन्द गरेर आइतबार  अस्पताल अगाडिको सडकमा धर्ना दिएका हुन् । 
मिर्गौला रोगको परीक्षणका लागि बहिरंग सेवा (ओपीडी)मा आएका बिरामीले आइतबार दिउँसो साढे १२ बजेतिर इन्टर्न डाक्टर मनिष खड्कामाथि आक्रमण गरेको उनीहरुको भनाई छ । 

Photo (3) (2)1696170763.jpg
डाक्टरहरुले आफूहरूको सुरक्षा र कुटपिटमा संलग्नलाई कारबाहीको माग राखेका छन्।
आन्दोलनमा सहभागि डाक्टर विवेक अधिकारीले, भने ‘ हामी काम गर्न सक्दैनौ । हाम्रो अगाडि मानिसको ज्यान झण्डै गएको छ । एक जनालाई तीनजनाले कुटेर टाउको झण्डै फुटेको छ । तीन जना मानीसलाई कारबाही गर्न सकेन भने नयाँ बिरामी हामी लिँदैनौं ।’
त्यस्तै अर्का डाक्टर प्रशानसकै मान्छे भनेर डाक्टरमाथि कुटपिट भएको बताए । 

Photo (12) (3)1696170773.jpg
‘एकजना इन्टर्नले विरामी भेट्न एकै पटक नआउँनु, पालै पालो गरेर आउँनुभन्दा त्यही निहुँमा कुटेको हो । त्यो इन्टर्न बाहिर आउँदा मलाई चिन्छन् यो कलेजको प्रशासनको मान्छे भनेर ३, ४ जना मिलेर कुटेको हो ।’ उनले भने । 
उनले हिजो मात्रै सरकारले डाक्टरसँग गरेको सहमतिको मसी सुक्न नपाउँदै फेरी हातपात भएको भन्दै आक्रोश पोखे । उनले भने, ‘हिजो जुन वार्ता भयो त्यो वार्ता मात्रै हो कार्यान्वयन हुन सक्दैन् । नेपालमा धेरै हुन्छ यस्तो घटना, नेपालको मुख्य समस्या भनेको नै कार्यान्वयन हुन सक्दैँन् । जुन नीति आएपनि कार्यान्वयन हुदैँन् । डाक्टरको गल्ती छ भने सजाँय दिन मिल्छ तर त्यसरी हातपात गर्न मिल्दैँन् ।’ 

Photo (2) (1)1696170766.jpg
डाक्टर खड्कामाथि हातपात गरेको आरोपमा प्रहरीले रुपक गौतम तथा सरोज गौतमलाई पक्राउ गरेको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

 

Photo (4) (1)1696170758.jpg

Photo (11) (3)1696170796.jpg

Photo (9) (1)1696170636.jpg

Photo (8) (1)1696170652.jpg

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  २०:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार