चिकित्सकहरूको आन्दोलन शनिबार पनि निरन्तर 

शनिबार, असोज १३, २०८०

काठमाडौं । चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीको सुरक्षा प्रत्याभूति गर्नुपर्ने भन्दै चिकित्सकले निरन्तर विरोध प्रदर्शन गरेका छन् । सरकारी कार्यलयहरू बन्द भएको समयमा पनि शनिबार काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरे। प्रदर्शनमा उनीहरूले ‘स्वास्थ्यकर्मी कुट्न पाइँदैन’, ‘शान्ति सुरक्षा कायम गर’ जस्ता नारा लगाएका थिए । 

Photo (10)1696075297.jpg
विभिन्न जिल्लामा स्वास्थ्यकर्मीमाथि आक्रमण गरिँदा पनि राज्यले यो विषयमा कुनै चासो नदेखाएपछि बाध्यतावश सडकमा आउनु परेको उनीहरुको भनाई छ । 

Photo (11)1696075296.jpg

प्रकाशित मिति: शनिबार, असोज १३, २०८०  १७:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार