मधेस प्रदेशमा पनि आज सार्वजनिक बिदा

बिहीबार, असोज ११, २०८०

जनकपुर । मधेस प्रदेशमा पनि आज सार्वजनिक बिदा दिइएको छ ।
मुस्लिम धर्मावलम्बीको पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

प्रदेशको गृह सञ्चार तथा कानून मन्त्रालयले एक सूचना जारी गरी मुस्लिम समुदायको विशेष पर्व पैगम्बर मोहम्मदको जन्मदिनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ११:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार