तटस्थ रहेर कर्म गर्न योगको भूमिका महत्वपूर्ण : राष्ट्रपति पौडेल (फोटो फिचर )

शनिबार, असोज ६, २०८०

काठमाडौं । सशस्त्र प्रहरी बलको मुख्यालय हलचोक परिसरमा ‘ध्यानद्वारा ऊर्जा जागरणको एक दिवसीय कार्यशाला’ आयोजना गरिएको छ ।
आज राष्ट्रपति रामचन्द्र पौडेलद्वारा उद्घाटन गरिएको सो कार्यक्रममा अपराह्न ४ ः ३० सम्म योगाभ्यास, प्राणायम र ऊर्जा ध्यान गरिने बताइएको छ ।  

Photo (12)1695457307.jpeg
कार्यक्रममा राष्ट्रपति राम चन्द्र पौडेलले जीवनलाई सुखी बनाउन र शरीर, तन, मन स्वस्थ राख्न र तनाबबाट मुक्त गर्नका लागि पनि योगको आवश्यकता रहेको बताए । 
चित्तलाई अनुशासनमा राख्नु नै योगको सार भएको जनाउँदै राष्ट्रपति पौडेलले तटस्थ रहेर कर्म गर्नका लागि पनि योगको भूमिका रहने उल्लेख गरे ।

Photo (11)1695457308.jpeg
कार्यशालामा ‘जीवन विज्ञान’ का एलपी भानु शर्मा र रमेश नेपालले योग प्रशिक्षण दिइरहेका छन् । 
गृह मन्त्रालयले ‘ध्यानद्वारा ऊर्जा जागरण कार्यशाला’लाई स्वजागरण अभियानका रुपमा मातहतका सबै निकाय, सबै तहका कर्मचारी र कैदीबन्दीसम्म पु¥याउने चरणबद्ध अभियान तय गरेको छ ।  

Photo (1)1695457314.jpeg

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार