प्रधानमन्त्रीद्धारा अमेरिका भ्रमणबारे संसद्लाई जानकारी

  भ्रमण टोली छरितो बनाएको छु : प्रधानमन्त्री  
शुक्रबार, भदौ २९, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले आफ्नो आसन्न अमेरिका र चीन भ्रमणबारे संसदलाई जानकारी गराएका छन् । संसदमा शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले, अमेरिका भ्रमणका लागि सानो र छरितो टोली बनाइएको दाबी गरेका छन् ।  
उनले भने ‘भ्रमणका लागि यथासक्य सानो र छरितो प्रतिनिधि मण्डल बनाइएको छ ।’ 
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका प्रस्थान गर्न लागेका प्रधानमन्त्री दाहालले टोली सानो बनाइएको बताएका हुन् ।  
भ्रमणका क्रममा आफूले संयुक्त राष्ट्रसंघको प्राथमिकतामा रहेका जलवायु परिर्वतन लगायतका विषयमा महत्वपूर्ण साइडलाईन वार्ता गर्ने अवसर प्राप्त गरेको उनले बताए । 
प्रधानमन्त्री दाहाल असोज ५ गते अमेरिकाबाटै चीन जाँदैछन् । बैठकमा उनले आफ्नो चीन भ्रमणबारे पनि जानकारी गराए ।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार