गोदावरी नगरपालिका बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त नगर

सोमबार, भदौ २५, २०८०

ललितपुर । गोदावरी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना नगरपालिका घोषणा भएको छ ।
आर्थिक वर्ष २०७९÷२०८० मा सबै वडाहरू पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएकाले गोदावरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरिएको हो ।
जिल्लास्तरीय खोप समन्वय समिति अध्यक्ष एवमं जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयालको प्रमुख आतिथ्यततामा भएको कार्यक्रममा गोदावरी नगरपालिकालाई पूर्ण पूर्ण खोप सुनिश्चितता तथा दिगोपनायुक्त नगर घोषणा गरिएको हो ।
‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिवद्धता’ भन्ने नाराका साथ पूर्ण खोप दिगोपना सुनिश्चिता नगर घोषणा कार्यक्रम नगरस्तरीय खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख गजेन्द्र महर्जनको विशेष आतिथ्यमा सम्पन्न भएको हो ।
गोदावरी नगरपालिका स्वास्थ्य शाखाको आयोजना तथा स्वास्थ्य कार्यालय ललितपुरको समन्वयमा आयोजित उक्त कार्यक्रममा नगर उपप्रमुख मुना अधिकारी, प्रमुख प्रशासकीय अधिकृत प्रवीण कोइरालासहित नगर खोप समन्वय समितिका पदाधिकारी, वडा अध्यक्ष, शाखा प्रमुख, स्वास्थ्य संस्था प्रमुख, महिला स्वास्थ्य स्वयम सेविकाको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले सरकारले निर्धारण गरेका खोप कार्यक्रम अनुरूप सबै वडाहरूलाई खोप सुनिश्चितता गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।
खोप एक वर्ष मात्रै लगाएर पूर्ण हुने होइन यो त निरन्तर चल्ने प्रक्रिया हो उनले भने ।
कार्यक्रमका विशेष अतिथि नगरस्तरीय खोप समन्वय समितिका अध्यक्ष एवम् गोदावरी नगर प्रमुख गजेन्द्र महर्जनले खोप सुनिश्चिता तथा दीगोपना घोषणा कार्यक्रम सफल बनाउन खटिने सबैलाई धन्यवाद दिए ।
कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख लालबहादुर थापाले नगरपालिकाले खोप सुनिश्चितातर्फ १०७ प्रतिशतले प्रगति हासिल गरेको लपलब्धि सुनाउँदै खोप सुनिश्चिततामा पहिलो क्याटगोरीमा गोदावरी नगरपालिका परेको स्मरण गराए ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख दीनाथ पन्थीले शिक्षा र स्वास्थ्य जोडिएर अगाडि बढ्ने विषय भएको औंल्याउँदै स्वास्थ्य जीवनको ज्ञारेन्टी खोपले गर्ने विचार व्यक्त गरे ।
कार्यक्रमा उत्कृष्ठ कर्मचारीलाई पुरस्कार, सेवा निवृत्त कर्मचारीलाई कदर पत्र तथा नगरपालिकाबाट सरुवा भई अन्यत्र गएका कर्मचारीको विदाइ गरिएको थियो ।

 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार