चीन भ्रमण फलदायी र प्रभावकारी हुनेमा प्रधानमन्त्री विश्वस्त

आइतबार, भदौ २४, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले आफ्नो आसन्न चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन् । 

Photos (4)1694334189.jpgचीन भ्रमणका विषयमा आइतबार उच्च राजनीतिक दलको छलफलमा उनले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने भन्दै त्यसका लागि आवश्यक गृहकार्य गरिएको जानकारी दिए । 


उनले भने, ‘यो छलफल आसन्न चीन भ्रमणलाई बढी भन्दा बढी फलदायी र प्रभावकारी कसरी बनाउने भन्ने उद्देश्यका साथ बोलाइएको हो । यहाँ तपाईले जुन सुझावहरू दिनुभएको छ । प्राप्त सुझावहरू महत्वपूर्ण छन् । यसले मेरो भ्रमणलाई प्रभावकारी बनाउन सहयोग पुग्नेछ । भ्रमण फलदायी बनाउन सकेसम्म प्रयास गरिएको छ । भ्रमणफलदायी र प्रभावकारी हुन्छ ।’

Photos (4)1694334189.jpg
सरकारले दुबै छिमेकीका साथै विश्व समुदायमा सन्तुलित सम्बन्ध कायम राख्ने प्रष्टाउँदै प्रधानमन्त्रीले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको बताए । 
उनले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको विकास प्रयास, जलवायु परिवर्तन र त्यसले नेपाल जस्ता मुलुकहरूलाई पारेको असर, शान्तिप्रक्रियाको विषयमा संयुक्त प्रयासका निम्ति अपील गर्ने प्रधानमन्त्रीले जानकारी दिए । 

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १४:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार