स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै गोकर्णेश्वरका प्रमुख दिपक सम्मानित (भिडियाे)

नगरवासीको निशुल्क बीमा देखि स्वास्थ्य उपचारमा छुट
शनिबार, भदौ २३, २०८०

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपककुमार रिसाललाई स्वास्थ्य  खबर हेल्थ अवार्डबाट सम्मानित गरिएको छ । स्वास्थ्य क्षेत्रमा नगरपालिकाले प्रभावकारी काम गरेको भन्दै स्वास्थ्य खबर पत्रिका ले नगर प्रमुख रिसाललाई उक्त अवार्ड दिएको हो । 
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा मेयर रिसाललाई अवार्ड प्रदान गर्नुभएको हो ।  नसर्ने रोगहरूको न्यूनिकरण र नियन्त्रणका लागि गोकर्णेश्वर नगरपालिकाले उत्कृष्ट काम गरेको भन्दै अवार्ड दिइएको हो ।  अवार्ड वितरणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छनौट समिति बनाएको थियो । गोकर्णेश्वर नगरपालिकाले नगरवासीको निशुल्क बीमा, स्वास्थ्य उपचारमा छुट, ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई १ लाखसम्मको उपचारमा ७० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । यस्तैगरी पाठेघरको मुख र स्तन क्यान्सरका बिरामीलाई १५ हजार रूपैयाँसम्मको उपचार निशुल्क गरिएको छ । गोकर्णेश्वर नगरपालिकाका प्रमुख रिसालका अनुसार नगरवासीलाई नेपाल मेडिकल कलेजसँग सम्झौता गरी मोतिविन्दुको निशुल्क सेवा समेत दिइएको छ । नगर प्रमुख रिसालले भन्नुभयो, ‘नगरवासीको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गरेका छौं, यो त्यसको सम्मान हो ।’ 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  १३:३०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार