काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा नेपालको पूर्धाधार विकास, कृषि, उर्जा, पर्यटन, स्वास्थ्य शिक्षालगायत समग्र विषयमा सहयोगका लागि छलफल हुने बताएका छन् ।
प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न चीन भ्रमणबारे जानकारी दिँदै उनले छलफलका ठोस ऐजेण्डा भने तय हुन बाँकी रहेको बताए ।
उनले भन,े ‘अहिले सबै ऐजेण्डाहरू फाइनल भइ सकेको छैन । यसमा ऐजेण्डाहरू छन्, पूर्वाधार विकास, कृषि ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षालयागत विविध क्षेत्रमा गर्ने सहयोगका बारेमा छलफल चलिरहेको छ । सम्झौताका बारेमा पनि दुई पक्षबीच छलफल चलिरहेको छ ।’

चीनले नेपाललाई विभिन्न क्षेत्रका सहयोग गर्दै आएको स्मरण गर्दै उनले त्यसका लागि चीनले दिने अनुदान सहायताबारे गम्भीर तयारी भइरहेको बताए ।
‘हालका दिनमा चीनले नेपाललाई विभिन्न क्षेत्रमा सहयोग अनुदान गर्दै आएको छ। अनुदान भएको रकम पनि हामीले विनियोजन गर्न सकेका थिएनौ त्यसमा सम्बन्धित अर्थमन्त्रालय, परराष्ट्र मन्त्रालय र अन्य निकायहरु पनि यसको विनियोजनको लागि गम्भीर भएर लागेको छ ।’

उनले, चीन भ्रमणअघि प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख नेतासंग छलफल गर्ने उनले बताए ।
उनले सबै अन्तर्राष्ट्रिय समुदायसंग मिलेर काम गर्न चाहेको भन्दै सबैसंग समान सम्बन्ध बनाउन चाहेको बताए ।
प्रधानमन्त्री प्रचण्ड आगामी अक्टुबर ४ तारिखमा न्यूयोर्क जाने, २२ तारिखसम्म न्यूयोर्कमा रहने र २३ तारिखमा चीन भ्रमणका लागि प्रस्थान गर्ने छन् ।