एमसीसीका लागि लविङ गर्दै अमेरिकी अधिकारी

एमाले अध्यक्ष ओलीसँग अमेरिकी सिनेटरले सोधे, ‘शान्ति प्रक्रियाका बाँकी काम कसरी अघि बढ्छन् ?’

आइतबार, भदौ १७, २०८०

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले भेट गरी शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राखेका छन् ।सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा आइतबार अपराह्यन भएको भेटमा अमेरिकी सिनेटर होलेनले शान्ति प्रक्रियाका बाँकी काम कसरी अघि बढ्छ भन्ने सोधेका थिए ।  

'नेपालको शान्ति प्रक्रिया कसरी के हुन्छ भन्ने विषयमा जिज्ञासा रहेको थियो । दुई देशबीचमा रहेको सम्बन्ध अझै समुधुर हुँदै गएकोमा उहाँको आशावादी टिप्पणी थियो' एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, 'शान्ति प्रक्रिया हाम्रो सरकारको हुदाँ नै यसलाई टुंगोमा पुर्‍याउने प्रयास गरेको कुरा प्रष्ट राख्नु भयो । यो अन्तर्राष्ट्रिय प्रतिबद्धता, सर्वोच्च अदालत र विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रिया पीडित मैत्री हुनेगरी टुंगोमा पुग्नु पर्छ ।'

भेटमा अध्यक्ष ओलीले शान्ति प्रक्रियामा टुंगोमा पुग्न लागिरहेको जानकारी गराएका थिए । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कोअपरेसन (एमसीसी) सँग भएको सम्झौता कार्यान्वयन सुरु भएकोमा अमेरिकी सिनेटर होलेनले खुसी व्यक्त गरेका थिए ।
होलेन गत शुक्रबार नेपाल आएका हुन् । होलेन अमेरिकी संसद्को विदेश सम्बन्ध समिति र राज्य तथा विदेश सञ्चालन विनियोजन उपसमितिका सदस्य हुन् । उनले तीनै मुलुकका प्रमुख सरकारी अधिकारीहरू, नागरिक समाज संगठनहरू, उद्योगी, सम्बन्धित मुलुकमा दूतावासका कर्मचारीहरू र प्रत्येक राष्ट्रमा काम गर्ने अमेरिकीहरू र मेरील्यान्डका व्यक्तिहरुसँग ५० भन्दा बढी भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ १७, २०८०  १७:०५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार