सुनको मूल्य आज पनि स्थिर 

सोमबार, भदौ ११, २०८०

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि तोकेको सुनको बजार मूल्य अनुसार आज पनि सुनको मूल्यमा घट्बढ भएको छैन । 
आइतबार छापावाला सुन १ लाख ११ हजार १०० रुपैयाँमा किनबेच भएको थियो । आज पनि सोही मूल्य कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख १० हजार ५ सय ५० रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार यो साता सुनको भाउ लगातार चार दिनसम्म स्थिर नै रहेको छ ।
गत बिहीबार १ लाख ११ हजार १०० रुपैयाँमा कारोबार भएको सुन त्यसपछि भने मूल्यमा घटबढ भएको छैन । 
तर,चाँदीको मूल्य भने घटबढ भईरहेको छ । आइतबारको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार