आजदेखि सर्वोच्च अदालतको पेशी अटोमेसन प्रणालीबाट

सोमबार, भदौ ११, २०८०

काठमाडौं । सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोकिने भएको छ । 
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज अटोमेसन प्रणालीमा पेशी तोक्ने व्यवस्थाको उद्घाटन गर्ने भएका छन् । 
आजसम्म गोला प्रणालीबाट सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको पेशी तोक्ने गरिन्थ्यो । अब भने ‘डिजिटल सिस्टम’ले नै मुद्दाको पेशी तोकिने छ । 
अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ ।
००००० 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार