एसिया कप २०२३ मा सहभागी हुन सन्दीप पाकिस्तान प्रस्थान

सोमबार, भदौ ११, २०८०

काठमाडौं ।  नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछाने एसिया कप २०२३ मा सहभागी हुन पाकिस्तान गएका छन् । 
सन्दीपविरुद्धको मुद्दाको आइतबार पनि सुनुवाइ नभएपछि उनि एसिया कप खेल्नका लागि पाकिस्तान गएका हुन् । 
एसिया कपमा समूह ‘ए’मा रहेको नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तानमा र भदौ १८ गते श्रीलंकाको क्यान्डीमा खेल्नेछ ।
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  १२:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार