प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन प्रवासमा बस्ने नेपालीको भूमिका महत्वपूर्ण : गजेन्द्र महर्जन 

नेपाल–जापान जनसम्पर्क समितिद्धारा गोदावरीका मेयर गजेन्द्र महर्जनसहितको नेपाली टोलीकाे स्वागत 
सोमबार, भदौ ११, २०८०

ललितपुर । नेपाल–जापान जनसम्पर्क समितिले प्रकोप व्यवस्थापन सम्बन्धी कार्यक्रममा सहभागी हुन जापान पुगेका ललितपुरका जनप्रतिनिधिको स्वागत गर्दै प्रजातान्त्रिक शक्तिलाई बलियो बनाउन प्रवासमा रहेका नेपालीहरूको भूमिका विषयक छलफल कार्यक्रम आयोजना गरेको छ । उनीहरूलाई नेपाल जापान जनसम्पर्क समितिका अध्यक्ष बलराम श्रेष्ठले खादा र मालासहित स्वागत गरेका थिए । उक्त कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन पनि सहभागी छिन् । 
विपि चिन्तन प्रतिष्ठान र गणेशमान सिंह फाउण्डेसनसमेतको आयोजनामा भएको उक्त कार्यक्रममा ललितपुरको गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले वर्तमान अवस्थामा विश्वभरका लोकतान्त्रिक शक्तिहरू एक हुनुपर्ने बताए । 
उनले भने, ‘लोकतान्त्रिक शक्तिहरू बलियो हुँदा, नेपाली कांग्रेस बलियो हुन्छ, कांग्रेस बलियो भएपछि नेपालमा लगानी भित्राउन सहज हुन्छ ।’ 

368663846_288486503824752_5951855317914313350_n1693192521.jpg
नेपाली कांग्रेसलाई बलियो बनाउन विश्वभरका जनसम्पर्क समितिबीच सहकार्य, सम्वाद हुनुपर्ने उनले औल्याए । 
कांग्रेस जनताको पार्टी भएको बताउँदै मेयर महर्जनले रोजीरोटीका लागि विदेश पसेको नेपालीको सुख दुख कांग्रेसले मात्रै बुझ्ने स्पष्ट पारे । 
विदेशमा रहेका नेपालीले मताधिकार पाएको प्रसंग उल्लेख गर्दै वि.सं.२०८४ सालको निर्वाचन महत्वपूर्ण हुने नगर प्रमुख महर्जनले दाबी गरे । 
उनले भने,  ‘विश्वभर रहेका करिब ७० लाख नेपालले मताधिकार पाउनु भनेको चानचुने कुरा होइन, यो निर्वाचन नेपाल र नेपालीको लागि महत्वपूर्ण छ ।’ 
नेपाली कांग्रेस ललितपुका उपसभापति समेत रहेका मेयर महर्जनले नेपाल र नेपालीको आर्थिक र सामाजिक परिवर्तनका लागि ०८४ को  निर्वाचन महत्वपूर्ण हुने बताए । 
महालक्ष्मी नगरपालिकाकी उपप्रमुख तथा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य लक्ष्मी महर्जनले जनसम्पर्क समितिको सहयोगले विकासका परियोजनाहरू नगरपालिकामा भित्राउन सकिने बताइन् । 

371074915_1368862217345752_1801671174757360158_n1693192524.jpg
आउँदो अक्टोबर महिनामा हुन लागेको आनआरएनएको केन्द्रीय महाधिवेशनका लागि अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठलाई निर्वाचित गराउन नगरप्रमुख महर्जनले सम्पूर्णमा आग्रह गरे ।  
महर्जनले गोदावरी नगरपालिकाको विकासका लागि जनसम्पर्क समिति, एनआरएनए जापान, एनआरएनए केन्द्रीय समितिलाई सहकार्य गर्न अनुरोध गरे । 
हाल केन्द्रीय उपाध्यक्ष रहेका महेश श्रेष्ठले गोदावरी नगरपालिको विकासको लागि सहयोग र सहकार्य गर्न तत्पर रहेको बताए । उनले एनआरएन अध्यक्ष पदमा निर्वाचित भए सहकार्यलाई नयाँ शिराबाट संस्थागत रुपबाट नै सुरु गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार