आर्थिक परिवर्तनका लागि उत्पादनमा क्रान्तिकारी परिवर्तन आवश्यक छ : प्रधानमन्त्री दाहाल

सोमबार, भदौ ११, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् ।  पार्टी कार्यालय पेरिसडाँडामा आइतबार हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले हरियाली प्राकृतिक कृषि अभियान चलाउन अभियान सफल बनाउनु पर्ने बताए । 
उनले भने, ‘हरित अभियानको अर्थपूर्ण र दिघर्कालिन रणनीति महत्वपूर्ण छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन । माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानको रुपमा यो अभियानलाई सुरु गरिएको हो ।’
उनले प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र त्यस्ता  ठाउँको अध्यनका लागि नेपालमा कृषिमा काम गरेका कृषकहरूलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए । 
प्रधानमन्त्री दाहाल भारत भ्रमणमा जाँदा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिए । 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार