न्यायपालिका सुधारका लागि भोलिबाटै अटोमेशन प्रक्रिया सुरु हुन्छ : प्रधानन्यायधीश श्रेष्ठ (भिडियो)

सोमबार, भदौ ११, २०८०

काठमाडौं । प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठले, न्यायलयको सुधारका लागि भोलिबाटै अटोमेशन प्रणाली कार्यान्वायनमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।  संवैधानिक तथा न्यायीक पत्रकार मञ्चद्वारा आयोजित न्यायीक विषयमा छलफल एंव बधाई तथा शुभकामना कार्यक्रममा उनले, पेसी र तारिख तोक्दा प्रविधिबाट मात्रै तोकिने र मानव हस्तक्षेप नहुने हो भने न्यायलयका समस्या कम गर्न सकिने बताए । 

Photo (5) (1)1693190282.jpg
‘न्यायपालिका भित्र हुन सक्ने अनियमितताको कुरालाई विधिबाट सम्बोधन गनुपर्ने हुन्छ । सम्बोधन गर्ने क्रममा कति कुराहरु व्यवहारिक र सुष्म रुपमा परक गर्नुपर्ने हुन्छ ।’ उनले भने ‘ प्रविधि मैत्री भयो भने समस्याहरु कम हुन्छ कि भनेर भोलि पेसी र तारिखमा अटोमेशनको सुरुवात सर्वोच्च अदालतबाटै गर्दै छौं ।’ 
हरेक महिना पत्रकारहरुसँग संवाद गरी न्यायलयका समस्या कम गर्न प्रयास गर्ने उनको प्रतिवद्धता छ । 
न्यायपालिकाको समाचार प्रसार गर्दा संवेदनशील र सचेत भएर काम गर्न उनको पत्रकारसंग आग्रह छ । 
‘मेरो अनुरोध पत्रकारहरुसँग के छ भने न्यायपालिकाको समाचार प्रसार गर्दा संवेदनशील र सचेत भएर काम गर्नु पर्छ । न्यायपालिकाको अवस्था नाजूक नै छ । नागरिकले जे भने पनि विश्वास गर्ने अवस्था छ । न्यायलयको काम अलि कठिन हुन्छ ।’

Photo (1) (9)1693190286.jpg

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार