सरकार संघीयतालाई बलियो बनाउँने अभियानमा छ : मन्त्री गुरुङ (भिडियो) 

सोमबार, भदौ ११, २०८०

काठमाडौं । सहरी विकास मन्त्री सीता गुरुङले अहिले सरकार संघीयतालाई बलियो बनाउँने अभियानमा जुटेको बताएकी छन् । 
ललितपुरमा आइतबार मुख्यमन्त्री कार्यालय भवन उद्घाटन कार्यक्रममा उनले सरकार संघीयतालाई बलियो बनाउने अभियानमा लागेको भन्दै सोही अनुसार सातवटै प्रदेशको, प्रदेशप्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय समुद्घाटन गरेको बताएकी हुन् । 
उनले भनिन्, ‘हामी संघीयतालाई बलियो बनाउने अभियानमा छौं । त्यही अनुसार आज हामीले सातवटै प्रदेशको प्रदेशप्रमुख मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय समुद्घाटन गरिसकेको छौं । यसले संघीयतामा गईसकेपछि, संघीय सरकारसँग गर्नुपर्ने काम प्रदेशबाट धाउन गाह्रो भयो भनेर छिटो भन्दा छिटो भवन तयार गरी सार्न सफल भयौं ।’
उनले प्रदेशप्रमुख र मुख्यमन्त्रीहरूको सम्पर्क कार्यालय तथा आवासको बसाई संघीय लोकतान्त्रिक र गणतन्त्रलाई संस्थागत गर्न र जनतालाई सेवा सुविधा प्रभावकारी ढङ्ले गर्न आग्रह गरिन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०  ०८:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार