अनलाइन व्यापार गर्नेलाई जेल हाल्ने कानुन बन्नु दुभाग्र्य :  सांसद पराजुली  (भिडियो)

आइतबार, भदौ १०, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले सरकारले अनलाइन व्यापार गर्नेलाई जेल हाल्ने कानुन बनाएर व्यवसायीलाई निरुत्साहित गरेको आरोप लगाएका छन् । 
नेपाल तयारी पोशाक उद्योग संघले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहजरुपमा काम गर्ने वातावरण सृजना गर्नुपर्ने ठाउँमा उल्टै कन्ट्रोल मेकानिजम बनाएर राज्यले व्यवसायीलाई तीन वर्ष जेल हाल्ने नियम बनाएको भन्दै आपत्ति जनाए । 

1 (12)1693150989.jpg
उनले भने, ‘अनलाइनको प्रयोग गरेर जसले व्यवसाय गरिरहेका छन् । उनीहरुलाई सहजरुपमा काम गर्ने वातावरण सृजना गर्नुपर्ने हो । संसारभरिको पेमेन्ट डेलीभरी खुल्नुपर्ने हो र संसारभरी सामान डेलीभरी गर्न सहज वातावरण सृजना गर्नुपर्ने हो । प्रकृयामा गल्ती भए र कन्ट्रोल मेकानिजमले गर्दा राज्यले तीन वर्षसम्म जेल हाल्ने प्रयास गरेको छ । सफलता प्राप्त गरिरहेको थोरै व्यापारीलाई बढाउँनु पर्ने ठाउँमा जेल हाल्ने कानून बनाएर सरकारले निरुत्साहित गर्ने काम गरेको छ ।’

1 (21)1693150981.jpg
उनले देशमा आयातमुखी अर्थतन्त्र रहेसम्म देशको उन्नती नहुने बताए । 
उनले भने, ‘अहिले आयात दुई खर्ब कटाउँन सकेको छैन् । अझ तल झर्दैछ हाम्रो निर्यात । यसमा राज्यको र नीजि क्षेत्रको चाहिनेजति प्रयास नभएको हुन सक्छ । जबसम्म आयातमुखी अर्थतन्त्र रहन्छ कुनै पनि देशले प्रगती गर्न सक्दैन् ।’ 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २१:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार