जनगायक जेवि टुहुरे साहित्य र सांस्कृतिक आन्दोलनको धरोहर : प्रधानमन्त्री प्रचण्ड

आइतबार, भदौ १०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ जनगायक जेवि टुहुरे साहित्य र सांस्कृतिक आन्दोलनको धरोहर भएको बताएका छन् ।  काठमाडौंमा आइतबार वरिष्ठ जनगायक जेवि टुहुरेको दोस्रो स्मृति दिवस तथा श्रष्टा सम्मान कार्यक्रममा प्रधानमन्त्री दाहालले जनगायक टुहुरे कुनै पार्टी, गुट विशेष विशेषको मात्र नभएर सिङ्गो राष्ट्रको वाम लोकतान्त्रिक, साहित्य र सांस्कृतिक आन्दोलनको एउटा धरोहर भएकाले उनलाई कँहि कतै कैद गर्न खोजियो भने अन्याय हुने तर्क गरे । 

Photo (11) (1)1693148017.jpg
उनले भने, ‘उहाँ कुनै पार्टी विशेष, गुट विशेष या कुनै समूह विशेषको मात्र धरोहर होइन । उहाँ सिङ्गो राष्ट्रको नेपालको वाम लोकतान्त्रिक आन्दोलनको, साहित्य र सांस्कृतिक आन्दोलनको एउटा धरोहर हो । उहाँलाई कँहि कतै कैद गर्न खोजियो भने मेरो विचारमा उहाँमाथि अन्याय हुन्छ ।’
प्रधानमन्त्री दाहालले टुहुरेको गीतहरूले नागरिकको दुःख र अन्यायको विरुद्ध आवाज उठाउने गरेको बताए । टुहुरेको योगदान प्रेरणाको श्रोत बनेर अमर रहने टिप्पणी गरे । 
उनले भने, ‘नागरिकको दुःख बोल्थ्यो अन्यायको विरुद्ध आवाज उठाउँथ्यो । सिङ्गो राजनीति परिवर्तनका निम्ति अप्ठ्यारोमा जनताको राहतको लागि उहाँको योगदान आज पनि छ र भोलि पनि प्रेरणाको श्रोत बनेर अमर रहन्छ ।’

Photo (1) (7)1693148026.jpg

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २०:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार