विदेशमा सिकेको सीप र पूँजीलाई नेपालको विकासमा लगाउन अर्थमन्त्री डा. महतको आग्रह 

आइतबार, भदौ १०, २०८०

काठमाडौं । अर्थ मन्त्री डा. प्रकाश शरण महतले क्यानाडाको भ्यान्कुभरस्थित नेपाली समुदायलाई विदेशमा सिकेको सीप, प्रविधि, अनुभव र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरेका छन् । 
क्यानाडाको भ्यानकुभरमा रहेका नेपाली समुदायसँग आइतबार आयोजित छलफल तथा अन्तक्र्रियामा अर्थमन्त्री महतले अहिले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको तथा उर्जा, पर्यटन, सूचना प्रविधि एवं कृषि उद्यमलगायतका क्षेत्रहरू लगानीको लागि आकर्षक रहेको बताए । 
यसैगरी नेपालमा विशेषज्ञ जनशक्तिको अभाव पूरा गर्न नेपाली डायसपोरालाई मद्दत गर्न मन्त्री महतले आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  २०:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार