संसदीय समितिको सभापतिमा ११ जनाको उम्मेदवारी

राप्रपा गठबन्धनमा मिसियो, रास्वपाको एक्लै उम्मेदवारी
आइतबार, भदौ १०, २०८०

काठमाडौं । प्रतिनिधि सभाका १० विषयगत समितिका सभापतिका लागि ११ जनाको उम्मेदवारी दर्ता भएको छ । 
रास्वपा बाहेकका दललले दलीय भागबन्डाका आधारामा विभिन्न दलका सांसदहरूले उम्मेदवारी दर्ता गरेका हुन् । 
सत्तारुढ नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा धेरै तीनजनाले उम्मेद्वारी दिएका छन् । 
प्रमुख प्रतिपक्ष नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा मातहातका दुई वटा समितिको सभापतिका लागि उम्मेदवारी परेको छ । त्यो बाहेकमा ओवादी केन्द्र, राप्रपा, एकीकृत समाजवादी, जनमत र जसपाले एक एकवटा सभापतिमा उम्मेद्वारी दिएका छन् । 

Photo (10) (1)1693132783.jpg
राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा नेपाली कांग्रेसकी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएका छन् । यस्तै अर्थ समितिको सभापतिमा कांग्रेसका सन्तोष चालिसे, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा मा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उम्मेदवारी दर्ता गराएका छन् ।
सार्वजनिक लेखा र महिलातथा सामाजिक समितिको सभापतिमा एमालेका ऋषिकेश पोखरेल र किरणकुमार साहले उम्मेदवारी दिएका हुन् । पोखरेलको प्रस्तावकमा राजेन्द्र केसी र समर्थकमा दामोदर भण्डारी तथा साहको प्रस्तावकमा शान्ति विक र समर्थकमा आश्मा कुमारी चौधरी छन् । 
कानुन, न्याय तथा मानवअधिकार समितिको सभापतिमा माओवादी केन्द्रका विमला सुवेदीको उम्मेदवारी दर्ता भएको छ । उनको प्रस्तावकमा पूर्णबहादुर घर्ती, समर्थकमा महेश बर्तौला, रमेश लेखक र ध्रुवबहादुर प्रधान छन् ।

Photo (8)1693132780.jpg
त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुलखान, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादवले उम्मेद्वारी दिएका छन् । 
पूर्वाधार विकास समितिमा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपककुमार सिंहले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा माधव सापकोटा र समर्थकमा प्रेमबहादुर महर्जन छन् । 
यसअघि माओवादी केन्द्रको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपाले पाएको हो ।
संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले भने भागबन्डा हिस्सा पाएन ।
अरू दलहरूले आफूलाई भाग नदिएपछि एउटा समितिमा रास्वपाले छुट्टै उम्मेदवारी दर्ता गरेको छ ।  
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति काठमाडौं–७ बाट निर्वाचित रास्वपा सांसद गणेश पराजुलीले उम्मेदवारी दर्ता गरेका छन् । 
उनको प्रस्तावकमा पार्टी उपसभापति डिपी अर्याल र समर्थकमा असीम शाह रहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १६:२२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार