ललितानिवासमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध मुद्दा दायर,  १८ अर्बभन्दा बढी बिगो दाबी

आइतबार, भदौ १०, २०८०

काठमाडौं । ललिता निवास प्रकरणमा चार पूर्वमन्त्रीसहित २९० जनाविरुद्ध अदालतमा मुद्दा दायर भएको छ ।  आइतबार काठमाडौं जिल्ला अदालतमा दायर गरेको कीर्तेसम्बन्धी मुद्दामा २९० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको हो । ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरिएको अधिवक्ता कृतिशर्माले जानकारी दिए ।
उनले भने, ‘अनुसन्धानले लामो समय लगाएर ठोस निर्णय लिएको छ । ललितानिवास जग्गाप्रकरणमा जो जो आवद्धछ । जस जसले निर्णय गरेका थिए । तिनिर्णयकर्ता जसले सरकारी जग्गालाई निजिजग्गाभनेर देखायो । यो जग्गाप्रकरणको विवादको विषयलाई लिएर आजअभियोजन पक्षले अभियोग पत्रकाठमाडौं जिल्लाअदालतमादायरगरेको छ ।’
पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेता विजयकुमार गच्छदार, पूर्वमन्त्रीचन्द्र देव जोशी, डम्बरबहादुर श्रेष्ठ, सञ्जयकुमार शाह छन् । उक्त मुद्दामा १८ अर्बमाथि बिगो दाबी गरिएको छ ।
उनीहरूमाथि कीर्तेको अभियोग भने छैन तर कीर्ते कामबाट जोडिएको जग्गा किनेकाले त्यो जग्गाजफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाइएको छ ।
सीआईबीले सरकारी कीर्ते र संगठित अपराधमा अनुसन्धान गरेपनि सरकारी वकिल कार्यालयले सरकरी कीर्तेमा मात्र मुद्दा दायर गरेको हो ।
 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १५:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार