नेपालमा विश्वको एक अर्ब जनसंख्यालाई पुग्ने पानीको स्रोत छ : अर्थमन्त्री महत 

आइतबार, भदौ १०, २०८०

भ्यानकुभर (क्यानाडा) । अर्थमन्त्री डा. प्रकाशशरण महतले, नेपालमा विश्वको एक अर्ब जनसंख्यालाई पुग्ने पानीको स्रोत रहेको दाबी गरेका छन् । 
विश्व वातावरण कोषको ७ औं एसेम्बली बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको लागि पानीको श्रोत नेपालमा रहेको बिषय विश्व समुदायलसामू दाबी गरेका हुन् । 
त्यस्तै उनले नेपालले कूल क्षेत्रफलको ४५ प्रतिशत वन संरक्षण गरी समग्र मानव समुदायको लागि स्वच्छ अक्सिजन प्रवाह गरेको बताएको उनको सचिवालयले जनाएको छ ।
नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा ईमान्दार प्रयास गरिरहेको बताउदै दुर्लभ तथा संकटापन्न जंगली जनावर तथा प्रजातीहरुको संरक्षण गरेको र सोको नतिजा स्वरुप बाघ तथा गैडाको संख्यामा उल्लेख्य रूपमा बृद्धि भएको उनले बताए । 
जलवायू परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिबृष्टि सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको तर्फ उनले विश्व समुदायको ध्यानाकर्षण गराए । 
अर्थमन्त्री डा. महतले जलवायू वित्तबाट सञ्चालित कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिदैं एसेम्वलीबाट अनुमोदित विश्व जैविक विविधता खाका कोष लगायतका उपलब्ध सबै श्रोत अति प्रभावित मुलुकहरुमा केन्द्रित गर्न आग्रह गरेका छन् । 
मन्त्री महत विश्व वातावरण सुविधाको ७ औं एस्म्वलीको प्लेनरी सेसनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए । मन्त्री महतले उपाध्यक्षको हैंसियतमा प्लेनरी सेसनको अध्यक्षता समेत गरेका छन् । यसैक्रममा मन्त्री महतले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्धिपक्षीय बिषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार