चन्द्रयान ३ सफलतापूर्वक चन्द्रमामा अवतरण गरेकोमा प्रधानमन्त्री दाहालले दिए भारतलाई बधाई

बुधबार, भदौ ६, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको चन्द्रयान–३ चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गरेमा भारतलाई बधाई दिएका छन् ।  
सामाजिक सञ्जाल मार्फत बुधबार प्रधानमन्त्री प्रचण्डले चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण र विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा भारतीय समकक्षी र भारतको इसरो टोलीलाई बधाई दिएका हुन् ।
उनले लेखेका छन्, ‘आज चन्द्रमाको सतहमा चन्द्रयान–३ को सफल अवतरण र विज्ञान र अन्तरिक्ष प्रविधिमा ऐतिहासिक उपलब्धि हासिल गरेकोमा म प्रधानमन्त्री श्री नरेन्द्र मोदी जी र भारतको इसरो टोलीलाई बधाई दिन्छु ।’
भारतले आज बुधाबार साँझ चन्द्रयान ३ सफलतापूर्वक चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण गराएको थियो । यो ध्रवमा यान अवतरण गराउने भारत पहिलो राष्ट्र बनेको छ । भारतको यो मिसन सफल भएसंगै चन्द्रमाको सतहमा पुग्ने चौथो मुलुक बनेको छ ।

 

प्रकाशित मिति: बुधबार, भदौ ६, २०८०  २२:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार