प्रधानमन्त्री प्रचण्डसँग युरोपेली सङ्घका राजदूतको भेट

मंगलबार, साउन २३, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डोप्रेजले बिदाइ भेट गरेकी छिन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटमा द्विपक्षीय हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरुबीच नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धलगायतका विषयमासमेत छलफल भएको छ। सो अवसरमा राजदूत डोप्रेजले आफ्नो नेपाल बसाई र उपलब्धिबारे समेत जानकारी गराएकी थिइन् ।

प्रकाशित मिति: मंगलबार, साउन २३, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार