योजना आयोगका उपाध्यक्षलाई भेटे युनिसेफ नेपाल प्रतिनिधिले 

बिहीबार, साउन १८, २०८०

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठ र संयुक्त राष्ट्र संघीय नियोग (युनिसेफ) की नेपाल प्रतिनिधि एलिस अकुंगाबीच शिष्टाचार भेटवार्ता भएको छ ।  युनिसेफको नेपाल प्रतिनिधिका रूपमा आएकी अकुंगाले बिहीबार सिंहदरबारस्थित आयोगको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेकी हुन् । 
उपाध्यक्ष श्रेष्ठले नेपाल प्रतिनिधि अंकुगालाई स्वागत गर्दै युनिसेफले नेपालमा गर्दै आएको सहयोगको प्रशंसा गरे । युनिसेफले नेपालमा स्वास्थ्य, पोषण, खानेपानी, तथा वातावरण, शिक्षालगायतमा काम गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य निरन्तर हुने उपाध्यक्ष श्रेष्ठले बताए । 

Photo (2)1691061963.jpeg
सन् १९६४ देखि नेपालमा काम गर्न सुरु गरेको युनिसेफले सन् १९६८ मा काठमाडौंमा सम्पर्क कार्यालय र सन् १९७२ मा पूर्ण आकारको कार्यालय स्थापना गरेको थियो । 
केन्याकी नागरिक अकुंगासँग केन्या, मलावी, नाइजेरिया, इस्वाटिनी, माल्दिभ्स र अफगानिस्तानलगायतका देशमा बालबालिकाका क्षेत्रमा दुई दशकभन्दा बढी काम गरेको अनुभव छ । 

Photo (3)1691061966.jpeg

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०  १७:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार