प्रस्तावित राजदूतको सुनुवाइ 

बुधबार, साउन १७, २०८०

काठमाडौं । प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संघीय संसद् अन्र्तगतको सार्वजनिक सुनुवाइ समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग, स्वीट्जरल्यान्ड र फ्रान्सका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको हो । 
समितिले प्रस्तावित राजदूतसँग योग्यता, कार्यादेश, अवधारणा र सोचबारे जानकारी लिइरहेको छ । 
समितिको बैठकमा न्यूयोर्कस्थित नेपाली स्थायी नियोग प्रतिनिधि लोकबहादुर थापाले आफ्नो कार्ययोजना र अवधारणा पेस गरेका छन् भने स्वीट्जरल्यान्डका लागि प्रस्तावित राजदूत रामप्रसाद सुवेदी र फ्रान्सका लागि प्रस्तावित राजदूत सुधीर भट्टराईले अवधारणा पेस गर्ने कार्यक्रम छ । सरकारले परराष्ट्र सेवामा रहनुभएका सहसचिवलाई विभिन्न कूटनीतिक नियोगमा राजदूतका रूपमा सिफारिस गरेको छ ।
यसअघि आजै राजदूत नियुक्तिमा समावेशी चरित्र नदेखिएको भन्दै समिति सदस्यहरूले परराष्ट्रमन्त्री एनपी साउदसँग जानकारी लिएका थिए । 
सो क्रममा मन्त्री साउद्ले संविधानको मर्म र भावनाअनुरुप नियुक्ति समावेशी बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै परराष्ट्र मन्त्रालयका कर्मचारीको विवरण पेश गरेका थिए । संविधानले राज्यका सबै क्षेत्रलाई समावेशी बनाउने सिद्धान्त अङ्गीकार गरेपछि परराष्ट्र सेवा समावेशिताको नमूना रहेको उनको जिकिर थियोे । 
 

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार