नेपालले पाँच रन पेनाल्टीमा पायो

आइतबार, असार ३, २०८०

काठमाडौं । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत पहिलो खेलमा घरेलु टोली जिम्बावेबाट पाँच रन पेनाल्टी पाएको छ । ४२ औं ओभरको चौथो बलमा जिम्बावेका विकेटकिपरले गल्ती गरेपछि नेपालले पाँच रन पेनाल्टी पाएको हो ।
जिम्बावेका विकेटकिपर क्लाइभ मडान्डेले बल समाउनेक्रममा ग्लभ्स निकाल्न पुगेका थिए । ग्लभ्स फुकाल्ने बेला बलले लागेपछि पाँच रन पेनाल्टी पाएको हो । हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९० रन बनाएको छ । 
नेपाललाई पहिलो विकेटका लागि कुशल र आसिफ शेखले ३१.५ ओभरमा १ सय ७१ रनको सानदार शतकीय साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । यो नेपालबाट ओडिआई कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा उच्च साझेदारी गत फेब्रुअरीमा नामिबियाविरुद्ध दोस्रो विकेटका ज्ञानेन्द्र मल्ल र आसिफ शेखले १ सय ३९ रनको शतकीय साझेदारी गरेका थिए । उक्त साझेदारी तोडेका हुन् ।
भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट हुन पुगे । उनी योर्कर बलमा बोल्ड भएपछि करिअरको दोस्रो शतक पूरा गर्न मात्रै एक रनले चुके । कुशल ९५ बलमा १३ चौका र २ छक्कासहित ९९ रनमा आउट भए । आसिफ शेख १ सय बलमा ७ चौकासहित ६६ रनमा आउट भए । मसाकाड्जाको बलमा ठूलो सट खेल्ने धुनमा रायन बर्लबाट क्याच आउट हुन पुगे ।
तीव्र गतिका बलर रिचर्डको चौथो ओभरको चौथो बलमा कुशल भुर्तेलले ब्यक्तिगत एक रनमा जीवनदान पाएका थिए । एज लागेको बल फस्ट स्लिपमा सिकन्दर राजाले सहज क्याच छाड्न पुगेका थिए । त्यो समय कुशल १२ बलमा १ रन बनाएर खेलेका थिए । कुशल मल्लले शून्यमा जीवनदान पाएका छन् । ठूलो सट खेलेका कुशललाई चताराले क्याच छाड्न पुगेका थिए ।
 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १६:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार