सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ । शुक्रवार केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले मोर्चामा सहभागी हुने निर्णय गरेको हो। बैठकपछि पार्टीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले समाजवादी मोर्चामा सहभागी हुने निर्णय भएको जानकारी दिए । उनले अबको दुई चार दिनभित्रै मोर्चा घोषणा हुने दाबी पनि गरे। समाजवादी मोर्चामा अहिलेसम्म नेकपा एकीकृत समाजवादीसहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले सहभागी हुने निर्णय गरेका छन्। पूर्वमाओवादी घटकबीच एकतै गर्ने योजनासहित केही दल समेटेर समाजवादी मोर्चा बनाउने गृहकार्य दलहरूले गत फागुनदेखि नै गरेका थिए ।