संसद सचिवालयलाई टोपबहादुरको पत्र, "बिरामी भएर अस्पतालमा छु"

बुधबार, वैशाख २७, २०८०

काठमाडौं । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीले आफू बिरामी भएको जानकारीसहितको पत्र संघीय संसद् सचिवालयलाई पठाएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका रायमाझीका स्वकीय सचिवले हस्ताक्षर गरेको पत्र सचिवालयमा प्राप्त भएको हो ।
रायमाझीले बिरामी परेकाले बिदा जनाइदिन आग्रह गरेर पत्र पठाएका हुन् । पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार छन् । एमाले सचिवसमेत रहेका रायमाझीलाई पार्टीले पदबाट निलम्बन गरिसकेको छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार