बालकृष्ण पक्राउ परेपछि मञ्जु सम्पर्कविहीन, मोबाइल पनि बन्द

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि उनकी पत्नी मञ्जु खाँण सम्पर्कविहीन भएकी छन् । उनी नेपाली कांग्रेसकी समानुपातिक सांसद हुन् ।  बुधबार बिहान बालकृष्णलाई पक्राउ गर्न प्रहरी टोली चाबहिलको मैजुबहाल पुग्दा घरमा मञ्जु थिइनन्।
बालकृष्ण र उनका सहयोगी नरेन्द्र केसी मात्रै थिए । उनको मोबाइल फोनसमेत बन्द छ ।  नक्कली शरणार्थी प्रकरणमा मञ्जुले पनि साढे ६ करोड रुपैयाँ बिचौलियाबाट लिएको अडिओ केही दिनअघि सार्वजनिक भएको थियो ।
उनीसँगै कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणाले पनि अढाई करोड रुपैयाँ बुझेको विवरण उक्त अडिओमा थियो ।
हालसम्म प्रहरीले यो प्रकरणका १२ जनालाई पक्राउ गरिसकेको छ। पछिल्लो पटक खाँण समातिएका छन् ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा बुधबार ५ घण्टासम्म बयान लिइएको छ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १५:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार