टेकनारायण पाण्डेले नै "पोलेका" थिए बालकृष्ण खाँणलाई 

बुधबार, वैशाख २७, २०८०

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । तत्कालीन गृहसचिव टेकनारायण पाण्डेले खाँणकै निर्देशनमा आफूले काम गरेको बयान दिएपछि प्रहरीले खाँणलाई उनकै निवास चाबहिलबाट नियन्त्रणमा लिएको हो । प्रहरी हिरासतमा रहेका सचिव टेकनारायणले पूर्वगृहमन्त्री खानकै निर्देशनमा आफूले काम गरेको बताएका थिए । उपराष्ट्रपति कार्यालयमा कार्यरत रहेका सचिव पाण्डेलाई प्रहरीले गत बुधबार पेप्सीकोलाबाट पक्राउ गरेको थियो ।
खाँण गृहमन्त्री र पाण्डे गृहसचिव हुँदा कार्यदलको प्रतिवेदन नै हेरफेर गरिएको थियो । कार्यदलका संयोजक र सदस्यले सोमबार बयानका क्रममा गृह मन्त्रालयले प्रहरीलाई पठाएको प्रतिवेदन आफूहरूले तयार गरेको नभई अर्कै भएको बयान दिएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार