बालकोटका जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण, तीर्थाटनको तयारी

शुक्रबार, पुस १३, २०८०

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं २ वडा कार्यालयले वडाको बालकोट क्षेत्रका बाआमा (ज्येष्ठ नागरिक) र उनीहरूलाई दैनिक खाजा खुवाउने र रेखदेख गर्ने सहयोगी समेत गरी ९० जनालाई न्यानो लुगा दिएर सम्मान गरेको छ । 
अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसर पारेर भागवत कथावाचक एवम् आध्यात्मिक गुरु आचार्य कपिलदेव सुवेदीको उपस्थितिमा उनीहरूलाई सूर्यविनायक नगरपालिका वडा नं २ का अध्यक्ष अधिवक्ता प्रदिप कार्की तथा नगरसभा सदस्य भगत रानाभाटले न्यानो लुगा वितरण गरेका हुन् । 

2-(1)-1703829298.jpg
न्यानो लुगा हस्तान्तरण कार्यक्रममा महालक्ष्मी नगरपालिका वडा नं ७ का अध्यक्ष बाबुराजा महर्जन, गुप्तेश्वर महादेव संरक्षण समितिका अध्यक्ष शिवराम श्रेष्ठ तथा दिवा सेवा समितिका संयोजक भाईकृष्ण श्रेष्ठको पनि सहभागिता थियो । 
बालकोट, सिरुटार र चाँगाथलीको सीमानामा रहेको गुप्तेश्वर महादेव मन्दिर परिसरमा निर्माण भएको ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रमा सो वडाका बाआमा दैनिक रुपमा आएर भजन किर्तन तथा धार्मिक क्रियाकलाप गर्नुको साथै दैनिक बसिवियाँलो गर्छन् । 
उनीहरूलाई हरेक महिनाको अन्तिम सोमबार वडा स्वास्थ्य कार्यालयबाट गएका स्वास्थ्यकर्मीले निःशुल्क स्वास्थ्य जाँच गरी आवश्यक औषधि पनि दिँदै आएका छन् । गत वर्षदेखिनै ज्येष्ठ नागरिकहरूको निःशुल्क स्वास्थ्य जाँचको काम सुुरु गरिएको वडाध्यक्ष प्रदिप कार्कीले बताए । 

1-(1)-1703829298.jpg
ज्येष्ठ नागरिक सम्मानका लागि वडाले चालु आर्थिक वर्षमा २ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । सो बजेटबाट दिवा सेवाको लागि दैनिक केही खर्च, दिवा सेवामा आउने बाआमाको सम्मान र न्यानो लुगाको साथै उनीहरूलाई धार्मिक यात्रा अर्थात तीर्थाटन गराइने वडाध्यक्ष कार्कीले बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार