वलिउडकी चर्चित नायिका मनिषा कोइरालासँगै ‘श्रीगणेश मन्त्रोच्चारण’मा बेबिलोनका पञ्चकन्या

बुधबार, भदौ २७, २०८०

काठमाडौ । वलिउडकी चर्चित नायिका मनिषा कोइरालासँग बेबिलोन नेशनल स्कुल शान्तिनगरका ८ कक्षाका पाँचजना छात्रा ‘पञ्चकन्या’ को रूपमा एउटा म्युजिक भिडियोमा देखा पर्दैछन् ।  अभिनेत्री कोइरालासहितका सातजना भारतीय गायक गायिकाले गाएको तथा मनिषा कोइरालाले समेत अभिनय गरेको भजन ‘श्रीगणेश मन्त्रोच्चारण’को म्युजिक भिडियोको छायाँकन सोमबार ललितपुर मंगलबजारस्थित पाटन दरवार स्क्वायरमा गरिएको थियो । 

main photo1694608486.jpg
श्रीगणेश मन्त्रोच्चारणमा मनिषा कोइरालाको साथै भारतीय चर्चित गायिका अनुराधा पोड्वाल, सुदेश भोषले, साधना सरगमको साथै नेपालको चर्चित संगीत समूह ‘सुरसुधा’ का सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीको स्वर रहेको छ । 
निर्देशक सुब्रतराज आचार्यद्वारा निर्देशित म्युजिक भिडियोको छायाँकनमा बेबिलोन स्कुलका छात्राहरु नोरिन बस्नेत, सायरा आचार्य, श्री खरेल, सुरभि पौडेल र सौम्या भट्टराईले पञ्चकन्याको रुपमा अभिनय गरेको बेबिलोन स्कुलकी विद्यालय अभिभावक संयोजक कमला केसीले बताइन् । 

baby manis1694608495.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:१८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार