नेपालले चीनबाट के सिक्ने ? विज्ञ भन्छन् "समृद्धी र देश बनाउने हृटहुटी"

शनिबार, असार ३०, २०८०

काठमाडौं । विज्ञहरुले प्राथमिकता चयन, उत्पादनमूलक योजना, त्यसको अनुशासित कार्यान्वयन र समृद्धि सङ्गै समानताका मुद्दा सम्बोधन गर्ने चिनियाँ तरिकाबाट नेपालले सिक्न सक्ने बताएका छन् ।
फ्रेन्डस अफ सिल्क रोडद्वारा शुक्रबार राजधानीमा आयोजित चिनियाँ विकास ढाचा ः समृद्धि प्रवर्द्धन र जिविका संरक्षण ू  सम्बन्धि छ्लफल कार्यक्रममा छिमेकी  चीनले गरेको अभूतपूर्व प्रगतिबाट नेपालले सिक्न सक्ने धारणा राखेका हुन् । 
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिव लीलामणि पोखरेलले प्राथमिकता चयन, उत्पादनमूलक योजना, त्यसको अनुशासित कार्यान्वयन र समृद्धि सङ्गै समानताका मुद्दा सम्बोधन गर्ने चिनियाँ तरिकाबाट नेपालले सिक्न सक्ने बताए ।
फ्रेन्डस अफ सिल्क रोडद्वारा शुक्रबार राजधानीमा आयोजित ूचीनिया विकास ढाचास समृद्धि प्रवर्द्धन र जिविका संरक्षण ू  सम्बन्धि छ्लफल कार्यक्रममा छिमेकी  चिनले गरेको अभूतपूर्व प्रगतिबाट नेपालले सिक्न सक्ने धारणा राखेका हुन् ।
कार्यक्रममा माओवादी केन्द्रका सचिव पोखरेलले चिनियाँ जनता र चिनियाँ नेतृत्वमा देखिने देश निर्माण र सम्मृद्धि प्राप्तिको जुनुन नेपालका लागि अनुकरणीय विषय भएको बताए ।
 ‘देशलाई समृद्ध बनाउनुपर्छ भन्ने कुराप्रति चिनियाँ जनतामा बजोडको एकता देखिन्छ’, उनको भनाई थियो । चीनले कृषिको आधुनिकीकरणका लागि अपनाएको नीति, पूँजी र प्रविधिको आयात र अनुशासन त्यहाँको समृद्धिका प्रमुख कारकहरु भएको भनाइ उनको थियो ।

छिमेकी चीन र भारतले आर्थिक वृद्धि उच्चतातर्फ लागिरहेका बेला नेपालमा भने विकास र सार्वभौमिकता प्रति दलहरु विभाजित रहनु विडम्बनापूर्ण रहेको भनाई पनि उनको थियो । यसै कारण जलविद्युत प्रयोग गर्ने एसियाकै पहिलो देश हुँदा हुँदै पनि अहिलेसम्म उmर्जा संकट व्यहोर्नु परिरहेको भनाई उनको थियो ।
कार्यक्रमका अथिति एवं चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका काउन्सिलर जु स्याउ लिनले नेपाल र चीनबीच शताब्दीयौं पुरानो मित्रतालाई विकास र समृद्धिको नेपाली आकाँक्षासँग जोडेर लैजान चाहेको बताए ।
चिनियाँ राष्ट्रपति सि जिन पिङको नेपाल भ्रमण र त्यसक्रममा सम्पन्न दुई देशबीच भएका सम्झौताहरुले त्यसलाई पुष्टी गर्ने धारणा उनको थियो ।
कार्यक्रममा बोल्दै चिनियाँ मामिला विज्ञ प्राध्यापक डा. बालमुकुन्द रेग्मीले चीनले  १९७८ देखि बजार अर्थतन्त्रमार्फत हासिल गरेको प्रगतिका कारण त्यतिबेला  एक सय ९०  अमेरिकी डलर प्रतिव्यक्ति रहेका आम्दामी बढेर अहिले २१ हजार अमेरिकी डलर प्रतिव्यत्ति हुन पुगेको उल्लेख गरे ।
आर्थिक विकासका लागि पुँजी लगानी गर्नुपर्ने र त्यस्तो लगानी गर्न विदेशीहरु हच्किने भएकोले  सुरुमा गैर आवासिय नागरिक बाटै सम्पन्न हुने कुरा चीनबाट सिक्नु पर्छ, उनको भनाई थियो । कृषिमा पुर्णतः कर मुक्त गरेको चीनबाट कृृषिमा कसरी आधुनिकी करण गर्ने भन्न कुरामा विश्वलाई नै मार्गर्दशन गर्न सक्ने पनि उनले बताए ।
काठमाडौ विश्वविद्यालयका अन्तराष्ट्रिय मामिला विभागका कार्यवाहक निर्देशक डा. उद्धव प्याकुरेलले सम्मृद्धि र सामाजिक न्यायबीच समन्वय गरेर चिनले विश्वलाई उदाहरण प्रस्तुत गरेको बताए ।
कार्यक्रममा फ्रेन्डस् अफ सिल्करोड नेपालका महासचिव कल्याणराज शर्माले स्वागत मन्तव्य राख्दै चीनले कसरी गरिबी निवारण र विकास गर्यो र हामी त्यसलाई कसरी अनुकरण गर्न सक्छौं भन्ने कुरा पहिल्याउनका लागि छलफलहरु सहायक सिद्ध हुने बताए  ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०  ०९:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार