हाम्रो बारे

शब्द पाटी डटकम शब्द घर प्रालिद्वारा सञ्चालित नेपाली भाषाको समाचार पोर्टल हो । सामाजिक–सांस्कृतिक मुद्दा, राजनीतिक गतिविधि, खेलकूद, विज्ञानप्रविधि, जीवनशैली र मनोरञ्जन लगायतका समाजमा भइरहेका गतिविधिसम्बन्धित समाचार शब्द पाटी डटकमका प्राथमिकता हुन् । सञ्चार माध्यमको आदर्श, मूल्य र मान्यता बोक्दै नागरिक तथा वैयक्तिक स्वतन्त्रता, सार्वभौमसत्ता र मुलुकको स्वतन्त्रताको पक्षमा अडिने प्रणका साथ यो अनलाइन अस्तित्वमा आएको हो । हामी कुनै राजनीतिक दल या दलीय संकीर्णतामा आवद्ध छैनौँ । प्रजातन्त्र र त्यसलाई आत्मसात गर्ने संवैधानिक व्यवस्था तथा जवाफदेहीताबाट निर्देशित सत्ता, प्रतिपक्ष र नागरिकहरू अनि स्वतन्त्र न्यायपालिका जिम्मेवार र स्वतन्त्र सञ्चारका लागि आवश्यक सर्त हुन् । प्रजातन्त्र र स्वतन्त्र सञ्चार एकको अभावमा अर्को अपूर्ण रहन्छन् । समाचारको वस्तुनिष्ठ प्रस्तुति र सबै खाले विचारको साझा मञ्च हौँ हामी । जहाँ निषेधको नीति र वैचारिक असहिष्णुताले कुनै स्थान पाउने छैन ।