जितेन्द्र रसिकको बालकथा संग्रह ‘गुलेली’ बजारमा

मंगलबार, असोज १९, २०७८

काठमाडौं : साहित्यकार जितेन्द्र रसिकको १२औँ कृति बालकथा संग्रह ‘गुलेली’ बजारमा आएको छ ।

शिखा बुक्सले प्रकाशन गरेको बालकथा संग्र्रह ‘गुलेली’ च्याप्टर बुक हो । कथा संग्र्रहमा ६ वटा कथाहरू रंगिन चित्रसहित प्रस्तुत गरिएको छ ।

संग्रह गुफाको बाघ, सपना र विज्ञान, गुलेली, केरकारे कान्छो, सिंगौरीको सहर भ्रमण र सोरोको खुत्रुके शीर्षकका कथाहरू संग्रहित छन् ।  बालबालिकाका लागि दसैं बिदा लक्षित गरेर बालकथा सङ्ग्रह ‘गुलेली’ बजारमा ल्याइएको शिखा बुक्सले जनाएको छ ।  

रसिकका यसअघि  हृदयस्पर्शी छालहरू (गजल संग्रह–२०६३), तारापुञ्ज (फाँचल संग्रह–२०६५), एलियनको पृथ्वी भ्रमण (बालकथा संग्रह–२०७२), काफिया (गजल संग्रह–२०७३), हावा फल्ने रुख (बालचित्र कथा–२०७३), लज्जावती (उपन्यास –२०७३), एङ्ग्री बर्ड (अंग्रेजी बालकथा संग्रह–२०७४), अलकापुरी भक्तपुर (सम्पदा नालीबेली –२०७५), सर्वरत्न (पद्मरत्न तुलाधरको जीवनी –२०७६), पब्लिक स्पिकिङ (उद्घोषण तथा सञ्चार सिकाइ पुस्तक– २०७७) र बेलबहादुरसँग बिहे (बाल चित्रकथा –२०७७) प्रकाशित छन् । रसिकका करिव एक दर्जन गीत गजलसमेत रेकर्ड भइसकेका छन् ।

प्रकाशित मिति: मंगलबार, असोज १९, २०७८  १८:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार