लकडाउनको क्षेत्र बढाउँदै जापान

बुधबार, पुस २९, २०७७

टोकियो । जापान सरकारले हालैका दिनमा राजधानी टोकियोमा कोभिडका कारणले लगाएको सङ्कटकालको अवस्थालाई थप विस्तार गर्ने भएको छ । जापानी प्रधानमन्त्री योशिहिदे सुगाले सो संकटकालको क्षेत्र बढाउने विषयमा तयारी थाल्नुभएको पनि यहाँका अधिकारीले जानकारी गराएका छन् । हाल जापान सरकारले यस्तो प्रकारको सङ्कटकाल जापानको राजधानी टोकियोमा लगाउँदै आएको छ । सो क्षेत्रलाई अझ विस्तार गरिने तयारी जापानका प्रधानमन्त्री सुगाले गरेका छन् । टोकियोबाट प्राप्तसमाचारमा सो संकटकाल जापानको राजधानी टोकियो बाहेकका क्षेत्रजस्तो ओसाका, क्योटो र ह्योगोसम्म पनि विस्तार गर्न सकिने भएको हो । जापान सरकारले गएको शुक्रबारदेखि राजधानी टोकियोमा यो संकटकाल लगाएको थियो तर सो संकटकालीन क्षेत्रलाई थप विस्तार गरेर अरु क्षेत्रमा पनि पु¥याइने भएको हो । ती क्षेत्रमा आफूले सङ्कटकालीन अवस्थालाई बढाउने विषयमा तयारी गरिरहेको जानकारी प्रधानमन्त्री सुगाले आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी, एलडिपीलाई पनि गराएका छन्  । 
जापान सरकारले राजधानी टोकियोसहितका यसको वरपर रहेका अरु तीन ओटा प्रिफेक्चर चिबा, कानागावा र साइतामामा पनि संकटकालको घोषणा गरेको थियो । यसपछि जापानको सरकारले यहाँका अरु प्रिफेक्चरमा पनि यो संकटकालीन अवस्था बढाउने तयारी थालेको समाचार यसअघि नै अएको थियो ।  खासगरी शुरु शुरुमा जापानको राजधानी टोकियोमा मात्र देखिएको कोरोना भाइरसको सङ्क्रमण यस बाहेकका बाहिरका क्षेत्रमा पनि देखिन थालेपछि पछिल्ला दिनहरुमा आएर जापानले यस्तो नीति लिएको हो । अहिले जापानका प्रायःपश्चिमी प्रिफेक्चरमा यसको प्रकोप बढ्दै गएको छ । जसका कारण जापान सरकारले ती क्षेत्रमा आवश्यक सहायताका प्याकेजसमेतको घोषणा गरी सङ्कटकालको घोषणा गरेको हो । –सिन्ह्वा
 

प्रकाशित मिति: बुधबार, पुस २९, २०७७  ०४:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार