जी–२० बैठकमा अफगानिस्तानमाथिको आर्थिक प्रतिबन्ध हटाउन चिनियाँ विदेशमन्त्रीद्वारा आग्रह

बिहीबार, असोज ७, २०७८

बेइजिङ । चिनियाँ स्टेट काउन्सिलर एवम् विदेशमन्त्री वाङ यीले बिहीबार अफगानिस्तानमाथि लगाइएको आर्थिक प्रतिबन्ध हटाउन आग्रह गरेका छन् ।  मन्त्री वाङले (जी–२०) समूहका विदेश मन्त्रीको भिडियो सम्मेलनलाई सम्बोधन गर्दै अफगानिस्तानको विदेशी विनिमय भण्डार उसको राष्ट्रिय सम्पत्ति हो र त्यो अफगानिस्तानी जनताको स्वामित्वमा हुनुपर्ने धारणा व्यक्त गरेका हुन् । 
उनले भनेका छन्, ‘यो विषय राजनीतिक सौदाबाजीको विषय हुन सक्दैन ।’ मन्त्री वाङले अफगानिस्तानमा जारी सङ्कटको समाधानका लागि यथाशीघ्र राहत र अन्य मानवीय सहयोग उपलब्ध गराउनुपर्ने बताए । 
चीनले अफगानिस्तानलाई ३०।८९ मिलियन अमेरिकी डलरबराबरको सहयोग उपलब।ध गराउन लागेको उनले जानकारी दिएका छन् । मन्त्री वाङले जी–२०का सदस्य राष्ट्रलाई अफगानिस्तानमा जारी सङ्कटलाई छिट्टै पार लगाउन थप सहयोग उपलब्ध गराउन आग्रह गरेका हुन् ।  वित्तीय संस्थाले आर्थिक सहयोग उपलब्ध गराई गरिबी निवारण र जीवनस्तर सुधारका निम्ति सहयोग गर्न मन्त्री वाङको आग्रह छ ।–सिन्ह्वा 
 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १७:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार