केपी हरुवा हो, भगौडा हो -प्रचण्ड

बिहीबार, असोज ७, २०७८

काभ्रेको पाँचखालमा वाईसीएलको दोस्रो पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाइ भगौडा भएकाे आरोप लगाएका छन् । साथै उनले केपी प्रवृत्ति कम्युनिस्टविरोधी, राष्ट्रविरोधी र सामन्ती प्रवृत्ति हो भन्ने प्रमाणित भएको दाबी गरे । यसमा थप्दै उनले भने, ‘केपी हरुवा हो । भगौडा हो । कम्युनिस्ट आन्दोलनबाट भाग्यो । मार्क्सवाद, समाजवादबाट भाग्यो, मार्क्सवाद, समाजवाद, एकता विरोधी चरित्रलाई उदांगाे पारेर पार्टी निष्कासित गरेको हो । हामी विजेता हो । ऊ हरुवा हो ।’ भन्ने आरोप लगाएका छन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ७, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार