जातीय छुवाछात गरेको आरोप लागेकी घरबेटी सरस्वती प्रधान धरौटीमा रिहा

बुधबार, असोज ६, २०७८

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले रुपा सुनारमाथि जातीय छुवाछुत तथा विभेद गरेको आरोप लागेकी सरस्वती प्रधानलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले आज रु एक लाख १५ हजार धरौटी माग गरी रिहा गर्ने आदेश दिएको स्रेस्तेदार ज्ञानेन्द्र इटेनीले जानकारी दिए । जातीय विभेद तथा छुवाछुतजन्य कसुर गरेको उल्लेख गर्दै दायर भएको मुद्दाको आदेशपछि प्रधानले आजै उक्त रकम बुझाएर घर फकिएकी हुन् । सुनारले प्रहरीमा दिएको जाहेरीअनुसार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा प्रधानविरुद्ध मुद्दा दायर गरिएको थियो ।
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २२:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार