राजदूत फिर्ताको निर्णयप्रति ओली रुष्ट 

भने, ‘पार्टीका कार्यकर्ता थिएनन्, देशका लागि काम गर्नसक्ने भएकाले पठाएका थियौं’ 
बुधबार, असोज ६, २०७८

राँझा । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले गति लिन नसकेको आरोप लगाएका छन् । नेकपा एमाले जिल्ला कमिटी बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राजदूत फिर्ता गर्ने निर्णयको आलोचना गरे ।  पूर्वप्रधानमन्त्री ओलीले अघिल्लो सरकारले राजदूतमा पार्टीका कार्यकर्ता नभई वैदेशिक मामिलासम्बन्धी जानकार, अनुभवी, अध्ययन गरेका र देशका लागि काम गर्नसक्ने व्यक्तिलाई पठाएको प्रष्ट्याए ।  पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले) सरकारमा हुँदा विकास निर्माणका गतिविधि तीव्रगतिमा अगाडि बढेको दाबी गर्दै उनले विकासका काम अगाडि बढाउन एमाले पार्टी नै चाहिने बताए । एमालेलाई बलियो बनाउन कार्यकर्ताको योगदान रहेको भन्दै उनले अझै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । 
उनले एमाले अहिले प्रतिपक्षमा भएकाले चुनावसम्म धैर्य गरेर विजयको यात्राका लागि पार्टीका काममा उच्च मनोबलका साथ खट्न कार्यकर्तालाई निर्देशन दिए । 
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २२:२७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार