अमेरिकाले विश्वलाई ५ करोड थप कोभिड खोप अनुदान दिने

बुधबार, असोज ६, २०७८

वासिङ्टन डिसी । संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५०० मिलियन पिफिजर कोभिड–१९ खोपहरू खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन् ।     यो नयाँ प्रतिबद्धतासँगै अमेरिकाले कूल एक अर्ब १० करोडभन्दा बढी खोपहरू संसारलाई अनुदान दिने चाहना देखिएको छ । वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न विश्वव्यापी शिखर सम्मेलनको पूर्व अवलोकन गर्दै भने, “बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर कोभिड–१९ खोप किनिरहेको घोषणा गर्नुहुनेछ ।”
ती अधिकारीले ती खोप निःशुल्क अनुदान दिइने दाबी गरे । अनुदान दिन लागिएका खोपमध्ये यी आधा अर्ब खोप संयुक्त राज्य अमेरिकामा अमेरिकी कम्पनी र कामदारद्वारा उत्पादन हुनेछन् । 
अमेरिकाले अनुदानमा दिइने खोपलाई आगामी जनवरीदेखि ढुवानी गर्न सुरु गर्नेछ । “जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउने छ,” उनले थपे । अमेरिकाले अहिलेसम्म विश्वलाई ६० करोडभन्दा बढी काभिड–१९ विरूद्धको खोपको मात्रा अनुदान दिने प्रतिबद्धता जनाइसकेको उनले बताए ।  अहिलेसम्म संयुक्त राज्य अमेरिकाले अहिलेसम्म नेपाल, पेरू, पाकिस्तान, श्रीलङ्का, सुडान र एल साल्भाडोरदेखि इथियोपियासम्मका विश्वभरका १०० देशहरूमा यी मात्रा झन्डै १६ करोड मात्रा ढुवानी गरेको छ ।–एएनआई
 

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  २२:२०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार