गच्छदारको स्पष्टीकरणः झुटा मुद्दा लगाइयो 

बुधबार, असोज ६, २०७८

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा आफ्नो संलग्नता नरहेको  स्पष्टीकरण  दिएका छन् । बुधबार पत्रकार सम्मेलन गरी उनले ललिता निवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिशोधको रुपमा झुट्टा मुद्दा लगाएको बताए । आफूविरुद्ध केपी शर्मा ओली नेतृत्वको सरकारले षड्यन्त्र गरेको आरोप लगाए साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोग निष्पक्ष र स्वतन्त्र हुन नसकेको नेता गच्छदारले बताए । ललिता निवास जग्गा प्रकरणमा आफूले मन्त्रालयको प्रस्ताव मन्त्रिपरिषदमा पेश मात्र गरेको बताए । ‘मैले व्यक्तिगत रुपमा लाभ लिएर नेपाल सरकारलाई हानी पु¥याएको अवस्था छैन’ । उनले भने,  ‘उन्मुक्ति दिन नपर्नेलाई उन्मुक्ति दिएको छ, राजनीतिक पूर्वाग्रहबाट चरित्र हत्या गर्ने षड्यन्त्र भएको छ’ । अख्तियारले यसै विषयमा गच्छदारसमेत १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  गत असार ३० गते हाजिर भएका उनलाई विशेष अदालतले १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रकाशित मिति: बुधबार, असोज ६, २०७८  १४:३२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार