खुल्यो पद्मकन्या क्याम्पस, अब भौतिक उपस्थितिमै पढाई हुने

शनिबार, असोज २, २०७८
काठमाडौं : कोभिड १९ महामारीको संक्रमणले बन्द रहेको पद्मकन्या बहुमुखी क्याम्पसले भौतिक रुपमा कक्षा सञ्चालन गर्ने भएको छ ।
४ असोज सोमबारबाट विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने क्याम्पस प्रमुख प्राध्यापक धनप्रसाद पण्डितले जानकारी दिएका छन् ।
विश्वविद्यालयमा पढाई हुने विभिन्न विषयहरु सम्भव भएसम्म भौतिकरुपमा नै सञ्चालन गर्ने त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालयको निर्णयअनुसार सबै विषयको कक्षा भौतिक रुपमा सञ्चालन हुने पण्डितले बताए ।
प्रकाशित मिति: शनिबार, असोज २, २०७८  ०७:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार