चट्याङ लागेर लमजुङमा पाँच भैंसी मरे

बुधबार, भदौ ३०, २०७८
लमजुङ :  लमजुङको क्व्होलासोंथर गाउँपालिका-४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन्  चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए । सोमबार साँझ करिब ५ बजे परेको चट्याङले आफ्नो मात्रै ३ वटा भैंसी मरेका उनले बताए । बाँकी भैंसी वीरबहादुर गुरुङ (इना) का हुन् । किसानको करिब ३ लाख ५० हजार रुपैयाँ नोक्सान भएको स्थानीय नौराज गुरुङले बताए ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  ०८:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार